काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
नागरिकता किर्ते गरेको कसुरमा जिल्ला अदालत धनुषाबाट सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
उनको दुईवटा नागरिकता विभिन्न संस्थामा पेश भएको र नागरिकता नम्बर पनि नक्कली रहेको तथा अर्कोसँग मिलेको आरोप छ ।
कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियाको नागरिकता नम्बरमा रहेको रेकर्ड अर्कै व्यक्तिको रहेको पाइएपछि गत वैशाखमा जिल्ला प्रहरी कार्यालय धनुषामा उजुरी परेको थियो ।
सिरोहियाविरुद्ध सर्लाही निवासी इन्द्रजीतप्रसाद महतोले प्रहरीमा उजुरी दिएका थिए ।
आफूविरुद्ध प्रहरीमा जाहेरी परेपछि सिरोहियाले धरपकड हुन सक्ने भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
सर्वोच्चले गृह मन्त्रालयसँग सिरोहियामाथि अनुसन्धान गर्नुपर्ने कारण माग गरेको थियो ।
प्रतिनिधिसभाको मंगलबारको बैठकमा नेपाली कांग्रेसका सांसद बद्री पाण्डले सिरोहियाविरुद्ध पक्राउ पुर्जी जारी भएकोप्रति आपत्ति जनाएका छन् ।
Leave a Reply