Online Nepal
  • बुधबार, १० पुष २०८१
  • सहकारी प्रकरणमा व्यक्तिको नाम तोक्दा गलत नजिर बस्छ : कानुनमन्त्री गिरी

    सहकारी प्रकरणमा व्यक्तिको नाम तोक्दा गलत नजिर बस्छ : कानुनमन्त्री गिरी

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 354
    SHARES

    काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सहकारी संस्थाको रकम अपचलन प्रकरणमा व्यक्ति तोक्दा गलत नजिर बस्ने बताएका छन् ।

    आज बिहान कानुन मन्त्रालयमा बसेको कार्यदलको बैठकपछि बोल्दै कानुनमन्त्री गिरीले यस्तो बताएका हुन् ।



    कानुनमन्त्री गिरीले कार्यदलमा रहेको कांग्रेस विगतको भन्दा लचक देखिएको भन्दै अर्को बैठकमा टुंगोमा पुग्ने विश्वास व्यक्त गरे।



    कानुनमन्त्री गिरीले भने,‘हाम्रो बीचमा के सहमति भएको छ भने सहमतिका साथ नै एउटा कार्यादेश निर्माण गर्ने भन्ने सम्पूर्ण रुपले सहमति बनेको छ । अब अर्को बैठकमा हामी यो विषयमा टुंगोमा पुग्न सक्छौं ।’

    कानुनमन्त्री गिरीले विभिन्न विकल्पमा छलफल भइरहेको र छलफल उपलब्धिमूलक भएको बताए । सहमतिमै कार्यादेश निर्माण गर्न आफूहरु सहमत भएको कानुनमन्त्री गिरीले बताए ।

    उनले सहमतिको मध्यविन्दु पहिल्याउने गरी छलफल भएको बताए । अघिल्लो दिनको तुलनामा आज कांग्रेस लचिलो बनेर प्रस्तुत भएको कानुनमन्त्री गिरीको भनाई छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार