Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा

    गण्डकीका मुख्यमन्त्रीविरुद्धको मुद्दा न्यायाधीशद्वय रेग्मी र पोखरेलको इजलासमा

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 435
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीविरुद्ध दायर भएको मुद्दाको पेशी न्यायाधीशद्वय कुमार रेग्मी र सुनिलकुमार पोखरेलको इजलासमा परेको छ।

    यसअघि अल्पकालीन अन्तरिम आदेश जारी भएको उक्त मुद्दामा आज अन्तरिम आदेश निरन्तरता हुने वा नहुनेबारे बहस हुन् लागेको हो ।



    नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्र पाण्डेले मुख्यमन्त्री अधिकारीले लिएको विश्वासको मतमा प्रश्न उठाउँदै रिट दायर गरेका थिए ।



    विश्वासको मत लिन सभामुखको दुरुपयोग भएको र कुल ६० सदस्यीय प्रदेश सभामा ३० जनाको मतलाई बहुमत मानिएको भन्दै पाण्डेले रिट दायर गरेका थिए ।

    उक्त रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै छलफलका लागि मिति तोक्दै बोलाएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार