Online Nepal
  • शुक्रबार, ४ असोज २०८१
  • १० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा

    १० महिनामा ११ खर्ब ७७ अर्बको व्यापार घाटा

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 543
    SHARES

    फाइल तस्विर

    काठमाडौं । चालू आर्थिक वर्ष २०८०–०८१ को १० महिनामा नेपालको वैदेशिक व्यापारमा २ दशमलव ५० प्रतिशतले कमीसँगै ११ खर्ब ७७ अर्ब १८ करोड ३४ लाख ९१ हजार रुपैयाँबराबरको व्यापार घाटा भएको छ ।

    भन्सार विभागका अनुसार गत साउनदेखि वैशाखसम्मको १० महिनाको अन्तरालमा आयातमा २ दशमलव ३९ प्रतिशतले कमी आएको छ । यसैगरी, ३ दशमलव ६१ प्रतिशतले निर्यातमा गिरावट भएको छ ।



    वैशाख मसान्तसम्ममा १३ खर्ब ३ अर्ब ३५ करोड ७० लाख ३९ हजार रुपैयाँबराबरको वस्तु आयात भएको भन्सार विभागले जनाएको छ । यसबीचमा कुल १ खर्ब २६ अर्ब १७ करोड ३५ लाख ४८ हजार रुपैयाँबराबरको निर्यात भएको छ ।



    १० महिनामा कुल १४ खर्ब २९ अर्ब ५३ करोड ५ लाखबराबरको वैदेशिक व्यापार भएको छ । यो गत आवको १० महिनाको तुलनामा अढाई प्रतिशतले कम हो ।

    सधैंझैं गत साउनदेखि वैशाखसम्ममा भारतसँग अधिक व्यापार घाटा रहेको छ । भारतसँग नेपालको व्यापार घाटा ७ खर्ब २९ अर्ब ७० करोड ५७ लाख रुपैयाँबराबरको रहेको छ । भारतबाट ८ खर्ब १५ अर्ब ७२ करोडको आयात र ८६ अर्बको निर्यात भएको छ ।

    चीनसँग पनि नेपालको व्यापार घाटा २ खर्ब ३८ अर्ब ५५ करोडबराबर रहेको छ । १० महिनामा चीनसँग २ खर्ब ४० अर्ब ८३ करोड ७७ लाख रुपैयाँबराबरको आयात हुँदा २२ अर्ब ७४ करोडबराबरको निर्यात भएको छ । चीनसँग मात्र २ खर्ब ३८ अर्ब ५५ करोड ७७ लाख रुपैयाँको व्यापार घाटा रहेको छ । राजधानी दैनिकबाट

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार