Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • वीरगन्ज महानगरद्वारा ४० करोड राजस्व संकलन

    वीरगन्ज महानगरद्वारा ४० करोड राजस्व संकलन

    अनलाइन नेपाल
  • मंगलबार, ८ जेष्ठ २०८१
  • 558
    SHARES

    वीरगन्ज । वीरगन्ज महानगरपालिकाले चालु आर्थिक वर्षको १० महिनामा रु ३९ करोड ८० लाख ३४ हजार ११९ रकम राजस्व संकलन गरेको छ ।

    महानगरले गत आवको १० महिनाको तुलनामा चालु आवको सोही अवधिमा तीन करोड १८ लाख ९८ हजार २९ रुपैयाँ रकम बढी संकलन गरेको हो ।



    महानगरले गत आवको १० महिनामा ३६ करोड ६१ लाख ३६ हजार ९० राजस्व संकलन गरेको थियो ।



    वीरगञ्ज महानगरपालिका राजस्व महाशाखा प्रमुख मनोज कर्णले चालु आवको बजेट पुसमा संशोधन गर्दै ७० करोड राजस्व संकलन गर्ने लक्ष्य भए पनि हालसम्म ४० करोडको हाराहारीमा मात्रै राजस्व संकलन भएको जानकारी दिए । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार