Online Nepal
  • मंगलबार, ४ मंसिर २०८१
  • हत्या, अपहरण र डकैती मुद्धाका ‘मोस्ट वान्टेड’ गिरी पक्राउ, भारतको समेत टाउको दुखाइ थिए गिरी !

    हत्या, अपहरण र डकैती मुद्धाका ‘मोस्ट वान्टेड’ गिरी पक्राउ, भारतको समेत टाउको दुखाइ थिए गिरी !

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 2.9K
    SHARES

    पर्सा । पर्सा प्रहरीले कुख्यात अपराधी तथा ‘मोस्ट वान्टेड’ सूचीमा रहेका प्रेम गिरीलाई पक्राउ गरेको छ ।

    जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले नेपाल लगायत भारतका विभिन्न राज्यमा अपराध गरी भारतीय प्रहरी लगायत नेपाल प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेका गिरीलाई पक्राउ गरेको हो ।



    आइतबार बिहान ५ बजे लुकिछिपी आफ्नै घरमा बसेको सूचनाको आधारमा प्रहरीले उनलाई पक्राउ गरेको जनाएको छ ।



    जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख तथा प्रहरी उपरीक्षक कुमोध ढुंगेलका अनुसार कुख्यात अपराधीको नाममा परिचित रहेका गिरी पर्साको कुहडीका पन्नालाल सनारको पत्नीको कर्तव्य ज्यान मुद्दामा फरार लगायत अपहरण, डकैती मुद्दामा पनि फरार रहँदै आएका थिए ।

    जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेको आरोपमा अदालतबाट म्याद थप अनुमति लिई उनी माथि अनुसन्धान कार्य भइरहेको प्रहरी उपरीक्षक ढुंगेलले जानकारी दिए ।

    उनी पक्राउ परेसँगै पर्सा लगायत भारतीय सीमावर्ती क्षेत्रमा बसोबास गर्ने आम सर्वसाधारणमा खुसी छाएको छ । प्रहरी उपरीक्षक ढुंगेल लगायत पर्सा प्रहरीको लागि ठूलो सफलता भएको दाबी गरिएको छ ।

    प्रेम गिरी संलग्न अपराधहरू

    – मिति २०६५।०६।२२ गते जिल्ला प्रशासन कार्यालय पर्साका तत्कालीन शाखा अधिकृत पदमा कार्यरत वर्ष ५२ को मोहन प्रसाद मैनालीलाई गोली हानी हत्या गरेकोकर्तव्य ज्यानमुद्दा,

    – मिति २०५७।०५।१२ गते अं. १२:३० बजे रातीको समयमा जिल्ला पर्सा विन्दवासिनी गा.वि.स. वडा नं.४ बस्ने वर्ष ३० देवेन्द्र प्रसाद यादवको घरमा डकैती गर्ने क्रममा गोली हानी देवेन्द्र प्रसाद यादव मृत्यु भएको खुन डाँका मुद्दा,

    – मिति २०६६।११।१९ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसारहात हतियार तथा खरखजानामुद्दामा फरार रहेको,

    – मिति २०६०।०९।२५ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसला अनुसारहात हतियार तथा खरखजानामुद्दामा फरार रहेको,

    – मिति २०६०।०३।०३ गतेको पूनरावेदन अदालत हेटौडाको फैसलानुसारहात हतियार तथा खरखजानामुद्दामा फरार रहेको ,

    – मिति २०५६।०२।०४ गते जिल्ला प्रशासन कार्यालय पर्साको फैसलाले केही सार्वजनिक अपराध मुद्दामा संलग्न रहि फरार रहेको ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार