Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस

    गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 939
    SHARES

    काठमाडौं । सहकारी ठगीमा संलग्न गृहमन्त्री रवि लामिछानेलाई कारबाहीको माग गर्दै काठमाडौंमा मसाल जुलुस निकालिएको छ ।

    नेपाली कांग्रेसको भातृसंगठन तरुण दलले नाराबाजी गर्दै सोमबार साँझ पुरानो बानेश्वरमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।



    तरुण दलका नेता-कार्यकर्ताले सहकारी ठगलाई जोगाउने सरकार र आफ्ना नेताहरूलाई संगीन आरोप लगाउने गृहमन्त्रीविरुद्ध मसाल जुलुस प्रदर्शन गरेको बताएका छन् ।



    उनीहरूले ‘सहकारी पीडितलाई न्याय दे, सरकारको तानाशाही प्रवृत्ति बन्द गर, सहकारी ठगलाई कारबाही गर, गृहमन्त्री राजीनामा दे’ लगायत नाराबाजी गरेका थिए ।

    सहकारी पीडितलाई न्याय दिनुको साटो सरकारले तानाशाही प्रवृत्ति देखाएको तरुण दलका नेताहरुको आरोप छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार