Online Nepal
  • शुक्रबार, ७ मंसिर २०८१
  • बालेनको चेतावनीपछि छुटे महानगरका गाडी चारजना चालक

    बालेनको चेतावनीपछि छुटे महानगरका गाडी चारजना चालक

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 2.5K
    SHARES

    काठमाडौं । काठमाडौं महानगरपालिकाको फोहोर बोक्ने गाडीका चारजना चालक छुटेका छन् । मेयर बालेन शाहले सामाजिक सञ्जालबाट नियन्त्रणमा लिइएका चालकहरूलाई स–सम्मान रिहा गरिएको जानकारी गराएका हुन् ।

    ‘जो कोहीले यति बुझ्नुहोला– पदमा तलमाथि होला, भूमिकामा तलमाथि होला । तर नियम, कानुन र भूमिकामा बस्ने हरेक कर्मचारीको, हरेक महानगरबासीको आत्मसम्मान हुन्छ । त्यसमा कसैले सम्झौता गर्न पाइँदैन । काठमाडौं महानगर यसमा संवेदनशील छ,’ उनले भनेका छन् ।



    महानगरले आफ्ना कर्मचारीमाथि हुने अनाहकको अपमान नसहने बालेनको भनाइ छ । ‘अझ आफ्नो कर्तव्य निभाइरहेका आफ्ना कुनै कर्मचारी अनाहकमा अपमान महानगरले सहँदैन । बुझेर कदम चाल्नुहोला,’ उल्लेख गरेका छन् ।



    यसअघि उनले फेसबुकबाटै चालकलाई रिहा नगरेसम्म सिंहदरबारको, पार्टीहरूको कार्यालयको र नेताहरूको घरबाट फोहोर नउठाउने चेतावनी दिएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार