काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले सिंहदरबारलगायत सबै पार्टी कार्यालयहरुको फोहोर नउठाने चेतावनी दिएका छन् ।
महानगरपालिकाको फोहोर बोक्ने गाडीका चालकहरुलाई प्रहरीले पक्राउ गरेको भन्दै मेयर बालेन यस्तो चेतावनी दिएका हुन् ।
सरकारले भ्रष्टहरुलाई पक्राउ गर्न नसकेपछि फोहोर बोक्नेगाडीका चार चालकलाई पक्राउ गरेको उनले बताए ।
सामाजिक सञ्जालमा बालेनले लेखेका छन्,’भ्रष्टलाई समाउन सक्नु भएन , काठमाडौमा फोहोर बोक्ने चार चालकलाई समाउनु भएछ यो सरकारले । जब सम्म ससम्मान चालकहरु रिहा हुन्नन सिहदरबार लगायत सबै पार्टी कार्यालयको र नेताहरुको घरको फोहोर उठ्दैन । को को जुध्न आउने हो , आए हुन्छ , कसैलाई बाकिँ छोडिदैन!’
Leave a Reply