Online Nepal
  • शनिबार, ८ मंसिर २०८१
  • प्रधानमन्त्री प्रचण्डलाई रमेश लेखकले भने – जंगलबाट राजनीतिमा ल्याइदिएको बिर्सिनुभो !

    प्रधानमन्त्री प्रचण्डलाई रमेश लेखकले भने – जंगलबाट राजनीतिमा ल्याइदिएको बिर्सिनुभो !

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 483
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा सरकारले तानाशाही प्रबृत्ति देखाएको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभामा अवरोधकाबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत पाएपछि बसेको कांग्रेस संसदीय दलको बैठकपछि बोल्दै सचेतक लेखकले यस्तो बताएका हुन् ।



    सचेतक लेखकले सरकारले संसदीय मुल्य मान्यताको खिलाफमा गएको बताए ।



    नेपालको संसदीय मान्यतामा पनि संसद् विपक्षको हुन्छ भन्ने मान्यता स्थापित भएको सचेतक लेखकको भनाई छ। सत्ता पक्षमा बहुमतको दम्भ देखिएको उनले बताए ।

    सचेतक लेखकले भने, ‘भोटको राजनीतिमा आएपछि सहयोग गर्नुभएको हो, हामीले पनि गरेका हौं । तपाईंलाई जंगलबाट राजनीतिमा ल्याउने कांग्रेस हो कि को हो ? बिर्सिनुभयो ! हतियारको बलमा परिर्वतन गर्छु भनेर हिँड्नुभएको तपाईलाई शान्तिमा कसले ल्याएको हो बिर्सिनुभयो !’

    विश्वासको मत लिने क्रममा कांग्रेस सांसदहरुले वेल घेराउ गरेपछि प्रधानमन्त्री प्रचण्डले आक्रोशपूर्ण अभिव्यक्ति दिएका थिए । उनले कांग्रेसलाई ठूलो मूल्य चुकाउनुपर्ने चेतावनी दिएका थिए ।

    सचेतक लेखकले प्रधानमन्त्रीको अभिव्यक्तिप्रति गम्भीर ध्यानाकर्षण भएको बताए । सचेतक लेखकले माओवादीलाई कांग्रेसले शान्तिप्रक्रियामा ल्याएको बर्सिनुभयो भनेर प्रतिप्रश्न गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार