Online Nepal
  • आइतबार, २० असोज २०८१
  • आवश्यक परे १०-१२ पटक विश्वासको मत लिन्छु : प्रधानमन्त्री प्रचण्ड

    आवश्यक परे १०-१२ पटक विश्वासको मत लिन्छु : प्रधानमन्त्री प्रचण्ड

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 408
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आवश्यक परेमा १०–१२ पल्ट विश्वासको मत लिने बताएका छन् ।

    सोमबार प्रतिनिधिसभामा विश्वासको मत लिएपछि संसद् भवन परिसरमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले कांग्रेसको अहिलेको गतिविधिको मूल्य आगामी निर्वाचनमा चुकाउनुपर्ने टिप्पणी गरे।



    प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिने बेलामा कांग्रेसले अवरोध गरेपछि यो गतिविधि महँगो पर्ने भन्दै इतिहासमा कलंकको रुपमा स्थापित हुने चेतावनी दिएका थिए ।

    प्रधानमन्त्री प्रचण्डले भने, ‘ जरुरी परे १०–१२ पटक विश्वासको मत लिन्छु ।नेपालमामात्रै होइन विश्वको मत लिन्छु । कांग्रेसले अर्को चुनावमा देख्छ ।’

    उनले आफूले १७ महिनामा चौथो पटक विश्वासको मत लिएको कुरा विश्वमै रेकर्ड बसेको जिकिर गरे।

    सोमबार प्रतिनिधिसभाको बैठकमा प्रचण्डले चौथोपटक विश्वासको मत प्राप्त गरेका थिए ।

    कांग्रेसले नाराबाजी गरिरहेको संसदको बैठकमा प्रचण्डले १५७ सांसदको समर्थन प्राप्त गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार