Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस प्रवक्ता महतले भने – सरकारले संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्‍यो

    कांग्रेस प्रवक्ता महतले भने – सरकारले संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्‍यो

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 543
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा.प्रकाशशरण महतले सत्ता समीकरणमा भएका दलहरूले संविधानलाई कमजोर पार्ने क्रियाकलाप गरिरहेको आरोप लगाएका छन् ।

    प्रतिनिधिसभाको बैठकपछि बोल्दै प्रवक्ता महतले यस्तो बताएका हुन् ।



    उनले विपक्षीको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिएपछि संसदीय इतिहासमा अनौठो नजिर स्थापित गरेको टिप्पणी गरे।



    प्रवक्ता महतले भने, ‘प्रधानमन्त्रीले आजै विश्वासको मत लिनुपर्ने कुनै कारण थिएन । आजै उहाँले लिने निर्णय गर्नुभयो । विपक्ष आफ्नो कुरा राख्दै बेलमा आएको बेलामा अहिलेसम्म विश्वासको मत लिएको अवस्था छैन । यो संसदीय इतिहासमा अनौठो नजिर स्थापित गर्नुभएको छ । हामीले ल्याएको संविधानको खिलाफमा गठबन्धन दलहरू लागेका छन् ।’

    प्रवक्ता महतले प्रधानमन्त्रीले संसदमा आपत्तिजनक भाषाको प्रयोग गरेको बताए । उनले सत्ता समीकरणले लोकतन्त्र र संविधानलाई खतरामा पार्ने काम भइरहेको आरोप लगाए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार