Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कांग्रेसको अवरोधकाबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    कांग्रेसको अवरोधकाबीच प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 504
    SHARES

    काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चौथो पटक विश्वासको मत पाएका छन् ।

    प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा भएको मतविभाजनमा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाएका हुन्।



    प्रधानमन्त्री प्रचण्डले राखेको विश्वासको मतको प्रस्तावको पक्षमा १५७ मत खस्यो भने विपक्षमा शून्य मत परेको छ।



    मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई एमाले, रास्वपा, नेकपा एकीकृत समाजवादी, जसपाको समर्थन छ ।

    सरकारमा सहभागी उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिएपछि प्रधानमन्त्रीले विश्वासको मत लिएका हुन् ।

    उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समितिको माग गर्दै कांग्रेसले बेल घेराउ गरिरहेकै अवस्थामा सभामुखले विश्वासको मतको प्रक्रिया अगाडि बढाएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार