Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डको चेतावनी – अब कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ (भिडियोसहित)

    प्रधानमन्त्री प्रचण्डको चेतावनी – अब कांग्रेसले चर्को मूल्य चुकाउनुपर्नेछ (भिडियोसहित)

    अनलाइन नेपाल
  • सोमबार, ७ जेष्ठ २०८१
  • 666
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वेलमा नाराबाजी गरिरहेका कांग्रेस सांसदहरुलाई चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।

    विश्वासको मत लिनुपूर्व प्रतिनिधिसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो चेतावनि दिएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले आज आफूले विश्वासको मत लिँदै गर्दा कांग्रेसले वेल घेरेर गलत गरेको बताए।



    सोमबार कांग्रेसको अवरोधकै बीचमा छलफलमा उठेका विषयहरूको जवाफ दिने क्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेसले इतिहासमै ठूलो गल्ती गरेको बताए।

    यसले आफूलाई दुःखी तुल्याएको पनि उनले बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,’आज बहुत गलत गर्नुभयो । यो प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिएर इतिहासमा नराम्रो उदाहरण प्रस्तुत गर्नुभयो । गहिरो दुःख व्यक्त गर्छु । कांग्रेसलाई चर्को मूल्य पर्नेछ ।’

    विपक्षी दलहरुको वेल घेराउ र नाराबाजीका बीच प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने प्रस्ताव पेश गरेका थिए ।

    नाराबाजीकै बीच एमाले उपाध्यक्ष विष्णु पौडेलले प्रस्तावको समर्थनमा बोले ।

    प्रधानमन्त्री प्रचण्डले वेल घेराउ गरिहेका कांग्रेस सांसदहरुप्रति आक्रोश पोखे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार