Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • सम्पत्ति शुद्धीकरण विभागको डीजीमा भट्टराई

    सम्पत्ति शुद्धीकरण विभागको डीजीमा भट्टराई

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 645
    SHARES

    काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको जिम्मेवारी कमलराज भट्टराईलाई दिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयले विभागको महानिर्देशकमा भट्टराईलाई पठाएको हो ।



    भट्टराई गत सातामात्रै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएका थिए ।



    यसअघि नै हङकङका महावाणिज्यदूत र भन्सार विभागका महानिर्देशक चलाइसकेका भट्टराईलाई सम्पत्ति शुद्धीकरणको महानिर्देशकको जिम्मेवारी दिइएको हो।

    विभागका महानिर्देशक पुष्पराज शाही विवादमा परेपछि शाही मन्त्रालयमा तानिएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार