Online Nepal
  • आइतबार, २० असोज २०८१
  • तेस्रो अभ्यास खेलमा भोलक्यानोजसँग ६७ रनले हार्‍यो नेपाल

    तेस्रो अभ्यास खेलमा भोलक्यानोजसँग ६७ रनले हार्‍यो नेपाल

    अनलाइन नेपाल
  • आइतबार, ६ जेष्ठ २०८१
  • 987
    SHARES

    काठमाडौं । नेपाली टोली तेस्रो अभ्यास खेलमा विनवार्ड्स भोलक्यानोजसँग पराजित भएको छ । शनिबार राति भएको तेस्रो खेलमा विनवार्ड्ससँग नेपाल ७४ रनले पराजित भएको हो ।

    २०६ रनको विशाल लक्ष्य पछ्याएको नेपालले १७.२ ओभरमा अलआउट हुँदै जम्मा १३८ रनमात्रै बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले ३ चौका र ४ छक्का मद्दतमा ३६ बलमा ५३ रन बनाए ।



    ओपनर आशिफ शेखले २४, सन्दीप जोराले २१ र करण केसीले १३ रन जोडे अरु ब्याटरले दोहोरो अंक जोड्न सकेनन् ।



    त्यसअघि टस जितेर घरेलु मैदानमा ब्याटिङ गरेको विनवार्ड्सले डिलन डगलस र शाद्रक डेसकार्टेको अर्धशतक मद्दतमा २०५ रन बनाएको थियो ।

    नेपालका कमलसिंह ऐरीले ४, सोमपाल कामीले ३ तथा करण केसी, सागर ढकाल र कुशल भुर्तेलले एक/एक विकेट लिए । यस अघिका दुई खेल भने नेपालले जितेको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार