Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • आइतबारसम्म सदनको अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    आइतबारसम्म सदनको अवरोध हट्ने प्रधानमन्त्री प्रचण्डको दाबी

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 549
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारसम्म सदनको अवरोध हट्ने दाबी गरेका छन् ।

    नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिस डाँडामा आज आयोजित पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले यस्तो दाबी गरेका हुन् ।



    सहमति र संवादबाट विद्यमान अवरोधले निकास पाउने उनको विश्वास छ ।



    ‘प्रमुख प्रतिपक्ष दल र सत्ता समीकरणमा भएका प्रमुख दलबीच निरन्तर छलफल र संवाद भइरहेको छ । भोलिसम्म सदनको अवरोध हट्ने छ’, उनले भने ।

    यही जेठ ७ गते आफूले विश्वासको मत लिने तयारी गरेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट विश्वास प्राप्त हुनेमा आफू ढुक्क रहेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार