Online Nepal
  • मंगलबार, ११ मंसिर २०८१
  • अफगानिस्तानमा आकस्मिक बाढीमा परी ५० जनाको मृत्यु

    अफगानिस्तानमा आकस्मिक बाढीमा परी ५० जनाको मृत्यु

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 624
    SHARES

    एजेन्सी । पश्चिमी अफगानिस्तानमा आकस्मिक बाढीले कम्तीमा ५० जनाको ज्यान गएको छ ।

    शुक्रबार बाढीका कारण घोर प्रान्तका ५० जना बासिन्दाको मृत्यु भएको हो ।



    घोर प्रहरी प्रवक्ता अब्दुल रहमान बाद्रीका अनुसार बाढीले करिब दुई हजार घर ध्वस्त पार्नुका साथै हजारौँ घरलाई क्षति पुर्याएको छ ।



    प्रान्तभित्रका प्रमुख सडकहरू ‘पूर्णरूपमा अवरुद्ध’ भएका थिए ।

    विश्व खाद्य कार्यक्रम र तालिबान अधिकारीका अनुसार उत्तरी बघलान प्रान्तमा गत हप्ता पनि आकस्मिक बाढीका कारण सयौँ मानिसको मृत्यु भएको थियो ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार