Online Nepal
  • शुक्रबार, २३ कार्तिक २०८१
  • कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्तौला

    कांग्रेस संसद्लाई मुठभेडमा लैजान चाहन्छ : महेश बर्तौला

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 555
    SHARES

    काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कांग्रेसले संसद्‌मा मुठभेड गर्न खोजेको आरोप लगाएका छन् ।

    काठमाडौंमा आयोजित युवा विषयक विचार गोष्ठीमा धारणा राख्दै प्रमुख सचेतक बर्तौलाले यस्तो बताएका हुन् ।



    प्रमुख सचेतक बर्तौलाले संसद्लाई मुठभेडमा लैजानका लागि प्रमुख प्रतिपक्ष कांग्रेस लागिपरेको आरोप लगाए ।



    प्रमुख प्रतिपक्ष कांग्रेसले सहकारीको बचत रकम अपचलन गरेको आरोप उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलाई लगाउँदै संसद् अवरुद्ध गरिरहेको छ ।

    कांग्रेसका उपसभापति धनराज गुरुङले जेठ ३ गते बिहीबारको बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीमाथि दुर्व्यवहार गरेको सचेतक बर्तौलाको भनाइ छ ।

    सचेतक बर्तौलाले कांग्रेस संसद्मा मुठभेड चाहन्छ भन्ने कुरा उपसभापति तथा सांसद गुरुङले बिहीबार संसद् अवरोध गर्ने क्रममा देखाएको व्यवहारले पनि देखाएको बताए ।

    प्रमुख सचेतक बर्तौलाले पार्टी अध्यक्ष ओलीमाथि कांग्रेस उपसभापति गुरुङले संसद्मा उदण्ड व्यवहार प्रदर्शन गरेर संसदीय मूल्य, मान्यताको खिल्ली उडाएको बताए ।

    कांग्रेसको व्यवहारले संसद्मा के चाहेको हो भन्ने स्पष्ट पारेको बर्तौलाको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार