एजेन्सी । ताइवानमा नयाँ राष्ट्रपति लाइ चिङ टेको सपथ ग्रहण गर्नुभन्दा अघि देशको संसदमा सांसदहरूबीच झडप भएको छ।
सो क्रममा लात्ती र मुक्का प्रहारसमेत भएको हो। कतिपय सांसद भने सभामुखको सिटमा पनि चढेका थिए ।
उनीहरु एकअर्कालाई तान्दै मुक्का र लात्ती प्रहार गरेका थिए । वास्तवमा, ताइवान संसदमा एक प्रस्ताव ल्याइएको छ।
यस अन्तर्गत विपक्षी सांसदहरुलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ ।
यसका साथै संसदमा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइने कुरा पनि छ ।
Leave a Reply