Online Nepal
  • बुधबार, २ माघ २०८१
  • हामीले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छैनौं : नेता कोइराला

    हामीले गृहमन्त्री लामिछानेको राजीनामा मागेका छैनौं : नेता कोइराला

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 795
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आफूहरुले गृहमन्त्री रवि लामिछानेको राजीनामा नमागेको बताएका छन्।

    लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको साधारण सभालाई सम्बोधन गर्दै नेता कोइरालाले यस्तो बताएका हुन् ।



    आफूहरुले गृहमन्त्रीलाई सदनमा बोल्दै नदिएको भन्ने कुरामा पनि सत्यता नभएको नेता कोइरालाले बताए।

    नेता कोइरालाले भने, ‘हामीले बोल्न नदिएको होइन रवीजीलाई, बोल्नुस् भनेको हौं। तर, तपाईंले बोल्ने तपाईंको कुरामा चित्त बुझे हामी बस्छौं होइन भने तपाईंले बोलेको कुरामा खण्डन गर्छौँ भन्दा स्वीकार्य भएन।’

    नेता कोइरालाले राजीनामा भने आफुहरुले नमाग्ने र गृहमन्त्रालयमा बस्न नदिने बताए । उनले गृहमन्त्री लामिछानेले आफूमाथि लागेको आरोप होइन भन्ने पुष्टि गर्नकै लागि भएपनि समिति बनाउन तयार हुनुपर्ने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार