Online Nepal
  • मंगलबार, १ माघ २०८१
  • संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार

    संसदीय छानबिन समिति गठन गरेर निकास दिन प्रधानमन्त्री तयार

    अनलाइन नेपाल
  • शनिबार, ५ जेष्ठ २०८१
  • 651
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेताहरूसँग छलफल गरेका छन्।

    कांग्रेस नेताहरूलाई बालुवाटार बोलाएर प्रधानमन्त्री प्रचण्डले संसदको अवरोध खुलाउनेबारे छलफल गरेका हुन्।



    प्रधानमन्त्री प्रचण्डले कांग्रेस नेताहरुसँग सहकारी ठगी प्रकरणमा संसदीय छानबिन समिति गठन गर्ने विषयमा छलफल भएको थियो ।



    छलफलमा कांग्रेसले राखेको तीन बुँदे मागमा प्रधानमन्त्री दाहालले आफू उक्त मागबारे सकारात्मक रहेको बताएका थिए ।

    प्रधानमन्त्री दाहालले कांग्रेसले राखेको तीन बुँदे मागलाई सत्ता साझेदारसँग छलफल गरेर कांग्रेससँग छलफल गर्ने बताए ।

    बैठकबारे जानकारी दिँदै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदीय छानबिन समिति गठन गरेर निकास दिन सहमत भएको बताए ।

    सहकारी ठगीबारे संसदीय छानबिन समिति बनाउँदा ठगी गर्ने कम्पनीको नाम उल्लेख गर्नुपर्ने अडान कांग्रेसले प्रधानमन्त्री प्रचण्ड समक्ष राखेको प्रमुख सचेतक लेखकले बताए ।

    आजको बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूले विश्वासको मत लिन लागेको विषयमा पनि प्रमुख प्रतिपक्षी दललाई जानकारी गराएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार