एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले प्यालेस्टाइनीहरूले पीडा भोगिरहेको बताएका छन् ।
उनले गाजामा तुरुन्तै सहायता बढाउन आवश्यक रहेको स्वीकार गरेका छन् ।
सहायताको पहिलो खेप समुद्री मार्गबाट गाजा आइपुगेको पुष्टि गरेपछि जो बाइडेनले यस्तो बताएका हुन् ।
जो बाइडेनले भने, ‘यो स्पष्ट छ कि प्यालेस्टिनीहरूले पीडा भोगिरहेका छन्। तत्काल सहयोग बढाउनुपर्ने आवश्यकता छ । हामी इजरायलसँग मिलेर गाजामा सहायता बढाउन प्रयास गरिरहेका छौं।’
Leave a Reply