काठमाडौं । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले बैङ्क तथा वित्तीय संस्थाबाट ऋण लिएर तिर्दैन भन्न नमिल्ने बताएकी छन् ।
शुक्रबार काठमाडौंमा एक लघुवित्तको वार्षिकोत्सवमा बोल्दै मन्त्री चौधरीले यस्तो बताएकी हुन् । उनले केही व्यक्तिले ऋण मिनाहाको कुरा उठाएर ऋणीलाई उक्साउने काम गरेको बताइन् ।
मन्त्री चौधरीले दुर्गा प्रसाँई, मणिराम ज्ञवाली जस्ता व्यक्तिले गलत अभियान लिएर अगाडि बढेको भन्दै यसले ऋणीलाई झन् समस्यामा पार्ने बताइन् ।
यस्ताखाले गतिविधिले मुलुकको अर्थतन्त्रलाई ध्वस्त बनाउने भन्दै उनले सही तरिकाले कसरी समस्या समाधान गर्ने भन्ने कुरा लिएर अगाडि बढ्नुपर्ने बताइन् ।
राष्ट्र बैङ्कले वित्तीय संस्थाको नियमन गर्ने भन्दै उनले राष्ट्र बैङ्कको नियमबाहिर गएर कुनै पनि वित्तीय संस्था जान नसक्ने बताइन् ।
देशभर ५९ लाख व्यक्ति लघुवित्तमा आबद्ध रहेको भन्दै मन्त्री चौधरीले केही व्यक्तिले चर्चाका निम्ति ऋण मिनाहाको माग लिएर हिँडिरहेको बताइन् ।
Leave a Reply