Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता छ, छानविन हुनैपर्छ : प्रकाशशरण महत

    सहकारी ठगीमा गृहमन्त्री लामिछानेको संलग्नता छ, छानविन हुनैपर्छ : प्रकाशशरण महत

    अनलाइन नेपाल
  • शुक्रबार, ४ जेष्ठ २०८१
  • 531
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले सहकारी ठगीका गृहमन्त्री संलग्न रहेको दाबी गरेका छन् ।

    प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगितपछि संसद भवन बाहिर बोल्दै प्रवक्ता महतले यस्तो दाबी गरेका हुन् ।



    उनले समष्टिगत सहकारीका विषयमा अध्ययनको कुरालाई लिएर गृहमन्त्री रवि लामिछानेलाई उम्काउन खोजिएको आरोप लगाए ।



    प्रवक्ता महतले भने, ‘सत्ता पावरको कारण छानबिनको परिधिभित्र नआउने, तर शक्ति नहुनेहरू आउने भेदभाव हुनु भएन । समानरूपमा विभेद नगरी छानबिन समिति बन्नुपर्छ । गृहमन्त्री संलग्न हुनुहुन्छ भन्ने स्पष्ट छ । छानबिनको दायरामा उहाँ पनि आउनुपर्‍यो । समस्याग्रस्त अन्य सहकारी पनि हेरून् ।’

    छानबिन प्रक्रियामा अनुचित प्रभाव पार्ने सम्भावना भएकाले संसदीय समितिको माग गरिएको प्रवक्ता महतको भनाई छ ।

    उनले सत्ता केन्द्रित र दीर्घकालीन नभई मुद्दामा केन्द्रित छलफलमात्र भएको प्रष्टीकरण दिए ।

    उनले उपप्रधानमन्त्री तथा गृहमन्त्री लामिछानेको संलग्नतामाथि छानबिन हुनुपर्नेमा कांग्रेसको अडान रहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार