Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

    सुदूरपश्चिमका मुख्यमन्त्री नियुक्तिविरुद्धको रिट खारेज

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 636
    SHARES

    काठमाडौँ । सर्वोच्च अदालतले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीको नियुक्तिविरुद्धको रिट निवेदन खारेज गरेको छ ।

    न्यायाधीशहरू प्रकाशकुमार ढुङ्गाना, कुमार चुडाल र सुनीलकुमार पोखरेलको पूर्ण इजलासले आज निर्देशनात्मक आदेश गर्दै रिट निवेदन खारेज हुने फैसला सुनाएको हो ।



    सुदूरपश्चिमको मुख्यमन्त्रीमा सोडारीको नियुक्तिविरुद्ध गत वैशाख ९ गते सर्वोच्च अदालतमा रिट निवेदन दायर गरिएको थियो । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) प्रदेश संसदीय दलका नेता सोडारीको मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गर्दै नागरिक उन्मुक्ति पार्टी (नाउपा) का लक्ष्मणकिशोर चौधरीले रिट निवेदन दायर गरेका थिए ।



    तत्कालीन मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि प्रदेश प्रमुखले संविधानको धारा १६८ (२) अनुसार सरकार गठनका लागि पहिलोपटक दाबी पेस गर्न समय दिँदा एकीकृत समाजवादीको समर्थनसहित लक्ष्मणकिशोरलाई मुख्यमन्त्री प्रस्ताव गरिएको थियो ।

    सोही समयमा नाउपाकै कैलाश चौधरीले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेताको समर्थनसहित दाबी पेस गरेका थिए । प्रदेश प्रमुख नजिर मियाँले भने दुवै दाबीलाई खारेज गरी फेरि दाबी पेशका लागि समय दिएपछि सोडारीलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार