Online Nepal
  • सोमबार, १० मंसिर २०८१
  • प्रधानमन्त्रीको पिए बनेर सरकारी नियुक्ति दिलाउने भन्दै ठगीधन्दा

    प्रधानमन्त्रीको पिए बनेर सरकारी नियुक्ति दिलाउने भन्दै ठगीधन्दा

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 678
    SHARES

    काठमाडौं । आफू प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को ‘पिए हुँ’ भन्दे ठगी गर्ने व्यक्तिलाई प्रहरीले मुद्दा चलाएको छ । हुम्ला चंखेली गाउँपालिका घर भई काठमाडौं बस्ने दीपेन्द्र सिरालाई प्रहरीले पक्राउ गरी ठगी र कीर्ते मुद्दा चलाएको हो ।

    सिराले आफू प्रचण्डको पिए हुँ भन्दै नक्कली नियुक्ति पत्र देखाएर नियुक्ति दिलाउने भन्दै पैसा लिएर ठगी गरेको प्रहरीले जनाएको छ । उनले १० लाख ९५ हजार ठगी गरेका हुन् ।



    जनकराज लावड र नविनसिंह धामीलाई शिक्षासम्बन्धी परियोजनामा प्रबन्धक निर्देशक पदमा नियुक्ति गरिदिने भन्दै पत्र समेत देखाएर ठगी गरेका हुन् ।



    माओवादी निकट रहेका सिराले प्रधानमन्त्रीको पिए भएको विश्वासमा पारेर ठगी गरेका हुन् । जिल्ला प्रहरी परिसर, काठमाडौँले सिरालाई पक्राउ गरी मुद्दा दायर गरेको हो । यसमा दुई जना फरार छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार