Online Nepal
  • आइतबार, १३ असोज २०८१
  • कांग्रेसका नेताको कुरा नपत्याउनुस्, अब समिति बन्दैन : मनिष झा

    कांग्रेसका नेताको कुरा नपत्याउनुस्, अब समिति बन्दैन : मनिष झा

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले अब संसदीय छानबिन समिति नबन्ने टिप्पणी गरेका छन् ।

    बिहीबार बसेको प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।



    उनले कांग्रेसले आज संसद्मा अमर्यादित हर्कत गरेको भन्दै समिति नबन्ने बताए ।



    साथै उनले पार्टी अध्यक्ष रवि लामिछानेको गल्ती भेटिए रास्वपाका सबै सांसदहरूले राजनीति छाडिदिने बताए ।

    “उहाँले म मात्र राजनीति छाड्छु भन्नुभयो । म यहाँ उभिएर भन्छु उहाँको खोट भेटिए हामी सबै राजनीति छाड्छौँ । के कांग्रेसले हिम्मत राख्छ कि सभापतिको उसको श्रीमतीको, छोराको गल्ती देखिए राजनीति छोड्न सक्छन् ?,” उनले प्रश्न गरे ।

    आजको संसद् बैठकमा भएको घटनाको विवरण कांग्रेसका नेताहरूले भनेकै भरमा पत्याउन नहुने उनको भनाइ छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार