Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • डा.गोविन्द केसीले तोडे अनशन

    डा.गोविन्द केसीले तोडे अनशन

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 642
    SHARES

    काठमाडौं । अनशनरत डा.गोविन्द केसीले आमरण अनशन स्थगित गरेका छन् ।

    अनैतिक शासकहरूको अगाडि नैतिक याचना फगत याचनाको रूपमा देखिएको भन्दै डा.केसीले अनशन तोडेका हुन् ।



    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामासहित चारबुँदे माग राखेर डा. केसीले ६ दिनअघि अनशन थालेका थिए ।



    डा. केसीले ४ बुँदे माग राखेर पशुपतिको मृगस्थलीबाट अनसन थालेका थिए ।

    पशुपति मृगस्थलीमा अनसन थालेका केसीले प्रधानमन्त्री प्रचण्डलाई युद्ध अपराधी भन्दै पदबाट राजीनामाको मागलाई पहिलो नम्वरमा राखेका थिए ।

    तर मान्छेको हत्या गरेर आएकाहरुको सरकार सत्याग्रहीका माग सुन्न तयार नभएको र उसबाट नैतिकताको अपेक्षा गर्नु व्यर्थ रहेको भन्दै केसीले अनसन आफैं तोडेका हुन् ।

    अनसनको छैटौं दिन उनले एकतर्फीरुपमा तोडे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार