Online Nepal
  • आइतबार, ९ मंसिर २०८१
  • कांग्रेस नेता पौडेलले भन्छन् – सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन

    कांग्रेस नेता पौडेलले भन्छन् – सत्तामा बस्नेहरुले उत्तर दिने हो, प्रश्न गर्न मिल्दैन

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 438
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले सत्तामा बस्नेहरुले प्रश्न गर्न नमिल्ने बताएका छन् ।

    बिहीबार काठमाडौंमा आयोजित प्रजातान्त्रिक विचार समाजको कार्यक्रममा बोल्दै सांसद पौडेलले यस्तो बताएका हुन् ।



    सांसद पौडेल कांग्रेस प्रमुख प्रतिपक्ष रहेको र कांग्रेसको अहिलेको काम प्रश्न गर्ने भएको भन्दै सरकारमा बस्नेहरुले कांग्रेसमाथि प्रश्न गर्न नमिल्ने बताए ।



    उनले सत्तामा उत्तर दिनका लागि बस्नुपर्ने बताए । सांसद पौडेल कांग्रेसले भइरहेका अनियमितताका विरुद्धमा आवाज उठाइरहेको पनि बताए ।

    उनले अनियमितताविरुद्ध आवाज उठाउँदा कांग्रेसमाथि प्रश्न गरिरहेको आरोप लगाए ।

    सांसद पौडेल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीप्रति लक्षित गर्दै अदालतले गरेको निर्णयका विरुद्धमा आफू अदालत भन्दा पनि माथि रहेको झैँ आलोचना गरिरहेको आरोप लगाए ।

    सांसद पौडेलले नेपाली कांग्रेसले बेथितिलाई अन्त्य गर्ने मुख्य विषय बनाएर जानुपर्ने बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार