Online Nepal
  • आइतबार, २० असोज २०८१
  • कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव – गृहमन्त्रीलाई बोल्न दिनुस्, छानबिन समिति बनाउँछौं

    कांग्रेसलाई प्रधानमन्त्री प्रचण्डको प्रस्ताव – गृहमन्त्रीलाई बोल्न दिनुस्, छानबिन समिति बनाउँछौं

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 513
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री रवि लामिछानेलाई संसद्‌मा बोल्न दिन कांग्रेसलाई आग्रह गरेका छन्।

    प्रधानमन्त्री प्रचण्डले समिति बनाउन आफूहरू तयार रहेको भन्दै गृहमन्त्रीलाई बोल्न दिन कांग्रेसलाई आग्रह गरेका हुन् ।



    सहकारी अनियमिततामा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद् अवरुद्ध गर्दै आएको छ ।



    आज पनि ४ बजे संसद् बैठक छ । तर समिति गठन नभएसम्म बैठक चल्न नदिने कांग्रेसको अडानमा छ ।

    सहकारी प्रकरणमा गृहमन्त्री लामिछाने जोडिएको भन्दै कांग्रेसले संसदीय छानबिन समिति गठनको माग गर्दै सदनमा अवरोध गरिरहेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार