धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले विश्वासको मत पाएका छन् ।
नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका सांसदहरूको नाराबाजीका बीच ५३ सदस्यीय प्रदेशसभामा सोडारीले २८ मत पाएका हुन् ।
कांग्रेससँगै नागरिक उन्मुक्ति पार्टीको रेशम चौधरी समूहका सांसदहरूको बहिष्कारका बीच भएको विश्वासको मत लिने प्रस्ताव पेस भएको थियो ।
प्रदेश सभा बैठक सुरु भए लगत्तै उनीहरूले वेल घेराउ गरेर नाराबाजी गरेका थिए।
कांग्रेस र नाउपा सांसदहरूको नाराबाजीका बीच सभामुखले मुख्यमन्त्री सोडारीलाई विश्वासको मत दिने प्रस्ताव टेबल गर्न अनुमति दिए ।
लगत्तै सभामुख भण्डारीले मत विभाजन प्रक्रिया सुरु गरे । त्यसपछि कांग्रेस र नाउपा रेशम पक्षका प्रदेश सांसदहरू बैठक कक्ष छाडेर बाहिर गएका थिए।
Leave a Reply