Online Nepal
  • मंगलबार, २२ असोज २०८१
  • कञ्चनपुरमा सिकारी समूहले चयायो प्रहरीमाथि गोली, चित्तलको मासु बरामद

    कञ्चनपुरमा सिकारी समूहले चयायो प्रहरीमाथि गोली, चित्तलको मासु बरामद

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 693
    SHARES

    कैलाली । कञ्चनपुरमा सिकारी समूहले प्रहरीमाथि नै गोली चलाएको छ ।

    कञ्चनपुरको कृष्णपुर नगरपालिका-९ स्थित जानकी सामुदायिक वन क्षेत्रमा सादा पोसाकको प्रहरी टोलीमाथि एक राउण्ड गोली चलाइएको हो।



    सिकारी समूहलाई नियन्त्रणमा लिनका लागि प्रदेश प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीमाथि जंगलमा लुकेर बसेका सिकारीहरुले गोली चलाएका थिए ।



    प्रहरी स्रोतका अनुसार जंगलमा जंगली जनावरको सिकार गर्नेहरुले गोली चलाएका थिए ।

    तर, गोली कसैलाई नलागेको प्रहरी स्रोतले बतायो।

    प्रहरीले उनीहरूले सिकार गरेको मृगको ४ टाउको, १५६ केजी चित्तलको मासुसहित चक्कु लगायतका हतियार बरामद गरेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार