धनगढी । नेकपा माओवादी केन्द्रले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत दिने निर्णय गरेको छ ।
माओवादी संसदीय दलको कार्यालयमा बसेको बैठकमा विश्वासको मतको पक्षमा मतदान गर्न ह्रीप लगाएको हो ।
आज मुख्यमन्त्री सोडारीले विश्वासको मत लिँदै छन् ।
सत्ता समीकरणलाई बलियो बनाउन संवाद र छलफल गर्न दुई सदस्यीय कार्यदल पनि गठन गरिएको छ ।
बैठकले यसअघि संसदीय दलको नेताबाट हटाइएका खगराज भट्टलाई संसदीय दलको पहिलो वरियतामा राख्ने निर्णय समेत गरेको छ ।
बहुमत प्रदेशसभा सदस्यले भट्टलाई दल नेताबाट हटाउँदै मानबहादुर धामीलाई चयन गरेका थिए ।
Leave a Reply