Online Nepal
  • बिहिबार, १७ असोज २०८१
  • बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान

    बाँकेमा लागुऔषध दुर्व्यसनीविरुद्ध अभियान

    अनलाइन नेपाल
  • बिहिबार, ३ जेष्ठ २०८१
  • 525
    SHARES

    नेपालगञ्ज । जिल्ला प्रहरी कार्यालय बाँकेले लागुऔषध दुर्व्यसन तथा ओसारपसारविरुद्धको एकीकृत अभियान सुरु गरेको छ ।

    लागुऔषध ओसारपसारको संगठित जालोलाई तोडी कानुनी कारबाहीलाई तीव्रता दिने उद्देश्यले सुरु भएको अभियान ४५ दिनसम्म जारी रहने जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायब उपरीक्षक नारायण डाँगीले जानकारी दिए ।



    अभियानका लागि नेपालगञ्ज उपमहानगरपालिका र जिल्ला प्रहरी कार्यालय, बाँकेबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।



    लागुऔषध दुर्व्यसनपीडितलाई समाजमा पुनःस्थापना गर्ने, लागुऔषधविरुद्ध सरोकारवाला निकायबीच सहकार्य गरी अगाडि बढ्ने समुदाय प्रहरी साझेदारीलाई प्रवर्द्धन गरी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने अभियानको लक्ष्य राखिएको प्रनाउ डाँगीले बताए ।

    सम्झौतापत्रअनुसार नेपालगञ्जका फार्मेसी तथा औषधि पसलको अनुगमन गरी कारबाही गर्ने, दुर्व्यसनी जोखिम स्थान र व्यक्तिको पहिचान र अभिलेख राख्ने, लागुपदार्थ जाँच ‘कीट’को व्यवस्थापन गरी प्रभावकारी निरीक्षणको व्यवस्था मिलाउने, सीमानाका तथा शंकास्पद स्थानमा निगरानी गर्नेलगायत कार्यक्रम सञ्चालन गरिनेछ ।

    केही समयअघि लागुऔषध कारोबारी पक्राउ गर्न स्थानीय प्रहरी गोली प्रहार गर्न बाध्य भएको थियो भने सीमा क्षेत्रबाट दिनहुँजसो लागुऔषधसहित मानिस पक्राउ पर्दै आएका छन् । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार