काठमाडौं । आफ्नै संरक्षणमा रहेकी बालिकालाई बलात्कार गरेको अभियोग लागेका व्यापारी सुशील चटौतले अदालतबाट सफाइ पाएका छन् । मुनेन्द्र प्रसाद अवस्थी र हेमन्त रावलको इजलासले सफाइ दिएको हो ।
उच्च अदालत, पाटनका न्यायाधीश मुनेन्द्र प्रसाद अवस्थी र हेमन्त रावलको इजलासले उनलाई मंगलबार सफाइ दिएको हो । यसअघि जिल्ला अदालत ललितपुरले चटौतलाई १८ वर्ष चार महिना कैद सजाय भएको थियो ।
पीडित बालिकालाई होस्टायल बनाएर उनले सफाइ पाएको अदालत स्रोत बताउँछ । चटौत २०७८ चैतदेखि जेलमा थिए । इमाडोलस्थित आफ्नै घरमा काम गर्ने बस्ने १४ वर्षिया बालिकालाई बलात्कार गरेको अभियोगमा उनी पक्राउ परेका थिए ।
पक्राउ परेलगत्तै पीडितलाई दबाब दिएर मुद्दा नचलाउने चलखेल भएको थियो । तत्कालीन महान्यायाधिवक्ता खम्मबहादुर खातीले सरकारी वकिल संगिता थोकरलाई त्यसका लागि दबाब दिएका थिए ।
उनले नमानेपछि मुद्दा मात्र चलेन प्रमाणका आधारमा दोषी ठहर समेत भएका थिए । अहिले सफाइ पाएका छन् । चटौत ठूला व्यवसायी हुन् ।
कांग्रेस नेता उमेश श्रेष्ठको व्यापारिक साझेदार समेत हुन् । नेपाली कांग्रेसका ठूला नेताहरूसँग संगत रहेका उनले पहुँचकै आधारमा पीडितमाथि दबाब र प्रभावमा पारेका थिए ।
Leave a Reply