काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले आफूलाई विगत साढे एक वर्षदेखि विभिन्न तवरले फसाएको बताएका छन् । उच्च अदालत पाटनले सफाइ दिएपछि संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो बताएका हुन् ।
आफूले सुरुदेखि निर्दोष रहेको बताउँदै आए पनि विगत साढे १ वर्षदेखि विभिन्न तवरले फसाएको उनको भनाई छ ।
उनले संक्षिप्त प्रतिक्रिया दिँदै भने, ‘सुरुदेखि म निर्दोष छु भनिरहेँ। साढे १ वर्षभन्दा माथि भयो, मलाई धेरै तरिकाले फसाइएको थियो। अपराधी करार गरिएको थियो। अन्त्यमा यहाँसम्म आइपुगेको छु ।’
यसअघि जिल्ला अदालत काठमाडौंको फैसलालाई पनि सम्मान गरेको र उच्च अदालत पाटनको फैसलालाई पनि सम्मान गर्ने उनको भनाई छ । साथै उनले समर्थकहरूप्रति आभार प्रकट गरेका छन् ।
Leave a Reply