Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीपका वकिल घिमिरेको आग्रह

    गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न सन्दीपका वकिल घिमिरेको आग्रह

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 1.1K
    SHARES

    काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेका वकिल सरोजकृष्ण घिमिरेले जाहेरवाली गौशाला–२६ बारे नकारात्मक टिप्पणी नगर्न आग्रह गरेका छन् ।

    उच्च अदालत पाटनले बलात्कार मुद्दामा लामिछानेलाई सफाइ दिएपछि उनका वकिल घिमिरेले यस्तो बताएका हुन् ।



    वकिल घिमिरेले सन्दीपको आत्मसम्मान र न्यायका निम्ति आफूहरु लागेको बताए । अहिले न्याय मिलेको तर गौशाला २६ को स्वाभिमानको पनि रक्षा हुनुपर्ने बताए ।



    सन्दीपका वकिल घिमिरेले भने, ‘सबैको आत्मसम्मानको सम्मान गर्नुपर्छ । जसले जाहेरी दिनुभएको थियो । उहाँको डिग्नीटीको सम्मान गर्छौं । यहाँहरुले पनि उहाँलाई कुनै किसिमको हानी र नोक्सानी नगर्नु होला । मात्रै के भने सन्दीपले न्याय पाएको छ । हामीलाई सुरुदेखि नै अदालतमाथि विश्वास थियो । उसले न्याय पाउनुपर्छ भनेर हामी लागेका थियौं ।’

    आफूहरुले जिल्ला अदालतको फैसलाको पुनरावेदनका लागि उच्च अदालतमा गएपछि अदालतले यस्तो फैसला गरेको बताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार