Online Nepal
  • सोमबार, ८ पुष २०८१
  • सन्दीपको निलम्बन फुकुवा हुने, टी-२० विश्वकप खेल्न पाउने

    सन्दीपको निलम्बन फुकुवा हुने, टी-२० विश्वकप खेल्न पाउने

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 930
    SHARES

    काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दीप लामिछानेलाई बलात्कार मुद्दामा सफाइ दिएसँगै टी-२० विश्वकप खेल्ने बाटो खुलेको छ।

    न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अन्जु उप्रेती ढकालको संयुक्त इजलासले जिल्ला अदालत काठमाडौंको आदेश बदर गर्दै लामिछानेलाई सफाइ दिएको हो।



    बलात्कार मुद्दामा उच्चबाट सफाइ पाएसँगै सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको छ ।



    जिल्ला अदालतको फैसलापछि नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेट खेल्नबाट प्रतिबन्ध लगाएको थियो।

    उच्चको फैसलापछि क्यानले निलम्बन तत्काल फुकुवा गरेर टी-२० विश्वकपमा खेलाउने बाटो खुलेको छ ।

    यद्यपि नेपाली क्रिकेट टिम आधिकारिक रुपमा घोषणा भई अमेरिका पुगिसकेको छ ।

    तर, यही २५ मेसम्म खेलाडी प्रतिस्थापन गर्न पाउने आईसीसीले समय दिएकाले क्यानले उनलाई अमेरिका पठाउने छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार