Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • आरोप लागिसकेपछि मैले संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    आरोप लागिसकेपछि मैले संसदमा बोल्न पाउनुपर्छ : गृहमन्त्री लामिछाने

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 708
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले संसदमा आफूमाथि उठेका प्रश्नहरुको जवाफ दिन पाउनुपर्ने बताएका छन् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको छलफलपछि बोल्दै गृहमन्त्री लामिछानेले यस्तो बताएका हुन् ।



    उनले उठेका प्रश्नमाथि आफूले दिएको जवाफ चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने बताए ।



    गृहमन्त्री लामिछानेले भने,‘निरन्तर रूपमा प्रश्नहरू उठे, आरोपहरू लागे । सदन र सडकमा पनि गाली गलौच नै चल्यो । लोकतन्त्रमा बोल्न पाउनुपर्‍यो । त्यो अधिकार पनि हो ।जवाफ नै चित्त बुझेन भने उहाँहरूको विरोध गर्ने अधिकारको हामी सम्मान गर्छौ । नेपाली कांग्रेसजस्तो पार्टी त्यो अभ्यासमा चुक्नुहुँदैन जस्तो लाग्छ ।’

    उनले आफ्नो जवाफमा चित्त नबुझे कांग्रेसले विरोध गर्न पाउने पनि बताए । सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठन नगर्दासम्म नेपाली कांग्रेसले संसद् अवरोध जारी राख्ने बताउँदै आएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार