Online Nepal
  • शुक्रबार, १२ पुष २०८१
  • गृहमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

    गृहमन्त्री लामिछाने र स्वीडेनका राजदूत थेलेफबीच भेटवार्ता

    अनलाइन नेपाल
  • बुधबार, २ जेष्ठ २०८१
  • 492
    SHARES

    काठमाडौं । गृहमन्त्री रवि लामिछानेसँग नेपालका लागि स्वीडेनका राजदूत जन थेलेफले शिष्टाचार भेटवार्ता गरेका छन् ।

    भेटमा गृहमन्त्री लामिछाने र राजदूत थेलेफबीच द्विपक्षीय हित, ऊर्जा, विपद् व्यवस्थापन, सुरक्षा व्यवस्थापन र युवाको सीप विकास तथा स्वरोजगारलगायतका विषयमा आपसी सहकार्यका विषयमा छलफल भएको हो ।



    त्यसक्रममा राजदूत थेलेफले नेपाल र स्वीडेनको ऐतिहासिक सम्बन्धका आधारमा आपसीहित, द्विपक्षीय सहयोग र नेपालको विकास प्राथमिकताका क्षेत्रमा सहकार्य गर्न स्वीडेन सधैँ तयार रहेको बताए ।



    उनले मन्त्री लामिछानेलाई बधाईसहित सफल कार्यकालको शुभकामनासमेत दिएका थिए ।

    यस्तै, उपप्रधानमन्त्री लामिछानेले दुई देशबीचको सम्बन्धलाई थप सुदृढ गर्न र साझा विषयमा थप सहकार्य गर्न नेपाल तयार रहेको बताएका थिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार