कास्की । पोखराको प्राइम बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको ठगी प्रकरणमा संलग्न भएको आरोपमा आठजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार सो सहकारीका वर्तमान अध्यक्षसहित आठजनालाई मंगलबार पोखराका विभिन्न स्थानबाट पक्राउ गरिएको हो ।
सो सहकारीबाट एक अर्ब ५४ करोड १५ लाख आठ हजार १४२ रुपैयाँ ८५ पैसा रकम अपचलन तथा हिनामिना भएको थियो ।
पक्राउ पर्नेमा प्राइमका वर्तमान अध्यक्ष शंकर कार्की, निवर्तमान अध्यक्ष निदेशप्रसाद कोइरालासहित कर्जा अधिकृत सुनिल थापा, व्यवस्थापक निरु थापा केसी, कर्मचारी प्रमुख सुरेन्द्रमणि पौडेल, कानुनी सल्लाहकार इन्द्रप्रसाद बराल, पूर्वकोषाध्यक्ष कुलदीप भट्टराई र सेयर सदस्य एवं सल्लाहकार मानबहादुर गुरुङ छन् ।
प्रहरीले पीडितबचतकर्तालाई जेठ २० गतेभित्र उजुरी दिन पनि सूचना जारी गरेको छ ।
Leave a Reply