काठमाडौं । नेपाली कांग्रेसले सहकारी छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने अडान कायमै राखेको छ ।
मंगलबार बिहान बसेको संसदीय दलको बैठकपछि बोल्दै प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन समिति नबनेसम्म संसद् चल्न नदिने बताएका हुन् ।
उनले सरकारको नीति तथा कार्यक्रम संसद्मा प्रस्तुत गर्न दिने भए पनि सहकारी छानबिन समिति नबन्दासम्म संसद्अवरुद्ध पार्ने अडान यथावत् रहेको बताए।
प्रमुख सचेतक लेखकले भने, ‘आज बसेको बैठकले नीति तथा कार्यक्रम पेस गर्न दिने तर सहकारी छानबिन समिति नबन्दासम्म संसदका अरु कारबाही अगाडि बढ्न नदिने निर्णय गरेको छ । हाम्रो अडान यथावतै छ ।’
राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा गर्ने सम्बोधनमा भाग लिने प्रमुख सचेतक लेखकले बताए । उनले संयुक्त र अलग-अलग बैठकमा फरक रहेको बताए ।
उनले छानबिन समिति गठन नगर्दासम्म कार्यसूचीमा प्रवेश गर्न नदिने बताए । उनले सहकारीको अपचलन भएको विषयमा सरकार गैरजिम्मेवार बनेको टिप्पणी गरे ।
Leave a Reply