कैलाली । एम्बुलेन्स दुर्घटना हुँदा भारतमा उपचार गरेर घर फर्किरहेकी युवतीको मृत्युु भएको छ ।
कैलाली पूर्वपश्चिम राजमार्ग अन्तरगत लम्कीचुहा नगरपालिकाको बलचौरमा भारतीय युके ०४ पीए १९०५ नम्बरको एम्बुलेन्स दुर्घटना हुँदा युवतीको मृत्युु भएको हो ।
दुर्घटनामा परेर भारतको हल्द्वानीबाट उपचार गरी फर्किरहेकी बर्दियाको राजापुर नगरपालिका-९ कि १८ वर्षीया अञ्जली परियारको मृत्यु भएको छ ।
गम्भीर घाइते भएकी परियारको उपचारका क्रममा लालरत्न अस्पतालमा मृत्यु भएको हो । एम्बुलेन्समा सवार अन्य ५ जना व्यक्ति भने सकुशल छन् ।
एम्बुलेन्स र चालक भारतको नैनीतालका ५० वर्षीय प्यारेलाललाई ईलाका प्रहरी कार्यालय लम्कीले नियन्त्रणमा लिएको छ ।
Leave a Reply