काठमाडौं । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप भएको छ । झडपमा सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ ।सशस्त्र प्रहरीको गोली लागेर एक जनाको मृत्यु भएको छ । प्रहरीको गोली लागेर स्थानीय ३८ वर्षका रसिकुल आलमको मृत्यु भएको सशस्त्र प्रहरी बलले जनाएको छ।
गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार पक्राउ परेका २ जनालाइ म्याद थप गर्न लैजाने क्रममा प्रहरीमाथि आक्रमण तथा गाडी तोडफोड भएपछि हवाइ फायर भएको हो।
बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर गर्नुपरेको प्रहरीले जनाएको छ । स्थानीयको आक्रमणबाट नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।
Leave a Reply