एजेन्सी । युरोपका एक कुख्यात मानव तस्कर स्कोर्पियन (बिच्छी) भनिने बार्जान मजिद इराकमा पक्राउ परेका छन् । उनलाई आइतबार बिहान इराकको कुर्दिस्तानबाट पक्राउ गरिएको हो ।
उनलाई आइतबार बिहान ७ बजे उनको घर बाहिर पक्राउ गरिएको कुर्दिस्तान सरकारका अधिकारीहरूले बताएका छन् ।केही दिनअघि बीबीसीले उनीबारे एक विस्तृत रिपोर्ट प्रकाशित गरेको थियो ।
जसमा उनले आफूले १ हजार वा १० हजार मानिसलाई अंग्रेजी च्यानल पार गरेँ भन्ने कुरा थाहा नभएको र आफूले नगनेको बताएका थिए ।
उनले सुरुमा आप्रवासीलाई बेलायतमा पुर्याउने गरेकोमा पछि टर्कीबाट युरोपका अन्य देशमा पनि मानव तस्करी गर्ने गरेका थिए । अहिले भने उनी इराकको कुर्दिस्तानमा मनि एक्सचेन्ज खोलेर बसिरहेको बीबीसीले जनाएको थियो । बीबीसी
Leave a Reply