Online Nepal
  • आइतबार, २० असोज २०८१
  • प्रधानमन्त्री प्रचण्डले भने – गठबन्धन सरकार पूरै कार्यकाल जान्छ

    प्रधानमन्त्री प्रचण्डले भने – गठबन्धन सरकार पूरै कार्यकाल जान्छ

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 447
    SHARES

    चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सरकारको स्थिरतामा कुनै समस्या नभएको बताएका छन् ।

    पूर्वी चितवनका अगुवा कार्यकर्तासँगको भएको भेटमा बोल्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन् ।



    प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक गत्यावरोध अन्त्य भइ सदन नियमित सञ्चालन हुने विश्वास व्यक्त गरे।



    सरकारको समीकरणका विषयमा विभिन्न तवरले हुने गरेको टिकाटिप्पणीप्रति सङ्केत गर्दै उनले सरकारको स्थिरतामा कुनै समस्या नभएको बताए।

    प्रधानमन्त्री प्रचण्डले भने,’सरकारको स्थिरतामा कुनै समस्या छैन। अहिलेको समीकरण पूरै कार्यकाल जान्छ । सहमतिअनुसार मिलेर अघि बढ्छौँ ।’

    सरकारले उत्पीडित,गरिब, विपन्न, विकट क्षेत्रलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरिरहेको उल्लेख गर्दै उनले कृषिमा आधारित उद्योगको प्रवर्द्धनमा जोड दिइने बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार