Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • झापामा प्रहरी र स्थानीयबीच झडप, १० राउन्ड हवाई फायर

    झापामा प्रहरी र स्थानीयबीच झडप, १० राउन्ड हवाई फायर

    अनलाइन नेपाल
  • बुधबार, १० भाद्र २०७७
  • 4K
    SHARES

    फाइल फोटो

    काठमाडाैं । झापाको झापा गाउँपालिका ३ मा प्रहरी र स्थानीयबीचको झडप भएकाे छ । झडपमा सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको छ ।

    गोरु काटेको अभियोगमा २ जनालाई पक्राउ गरेर बिर्तामोड ल्याउने क्रममा स्थानीयले आक्रमण गरेपछि सशस्त्र प्रहरीले १० राउन्ड हवाई फायर गरेको हो ।



    जिल्ला प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार पक्राउ परेका २ जनालाइ म्याद थप गर्न लैजाने क्रममा प्रहरीमाथि आक्रमण तथा गाडी तोडफोड भएपछि हवाइ फायर भएको हो।



    बुधबार दिउँसो अन्दाजी २५० जनाले प्रहरी टोलीमाथि आक्रमण गरेकाले हवाई फायर गर्नुपरेको प्रहरीले जनाएकाे छ । स्थानीयको आक्रमणबाट नेपाल प्रहरीका एक इन्सपेक्टर र सशस्त्र प्रहरीका एक जवान सहित तीनजना घाइते भएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार