Online Nepal
  • सोमबार, ३ मंसिर २०८१
  • दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पदबाट हटाउन माग गरिएको रिट खारेज

    दिल्लीका मुख्यमन्त्री केजरीवाललाई पदबाट हटाउन माग गरिएको रिट खारेज

    अनलाइन नेपाल
  • सोमबार, ३१ बैशाख २०८१
  • 519
    SHARES

    एजेन्सी । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाललाई मुख्यमन्त्रीबाट हटाउन माग गरेको रिट भारतको सर्वोच्च अदालतले खारेज गरेको छ ।

    रिटमा मदिरा नीतिसम्बन्धी मुद्दामा पक्राउ परेपछि केजरीवाललाई मुख्यमन्त्री पदबाट हटाउनुपर्ने माग गरिएको थियो ।



    तर सर्वोच्च अदालतले यो रिट खारेज गरेको हो। न्यायाधीश सञ्जीव खन्ना र दिपङ्कर दत्तले यस मामिलामा दिल्ली उच्च अदालतको निर्णयमा सर्वोच्चले हस्तक्षेप गर्न नसक्ने तर्क गरेका छन् ।



    यसमा सर्वोच्चले नभएर दिल्लीका गभर्नरले भने हस्तक्षेप गर्न सक्ने उनीहरूको व्याख्या छ । भारतको ईडीले अरविन्द केजरीवाललाई मदिरा नीति मुद्दामा भ्रष्टाचार गरेको आरोपमा पक्राउ गरेको थियो।

    पक्राउ परेपछि केजरीवालले दिल्लीको मुख्यमन्त्रीबाट राजीनामा दिन अस्वीकार गरेका थिए । जारी निर्वाचनलाई ध्यानमा राख्दै सर्वोच्च अदालतले अन्तरिम जमानत दिए पनि केजरीवाल जुन १ मा पुनः जेल जानुपर्नेछ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार