काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको संघीय सरकारमा तीन जना मन्त्री पठाउने भएको छ।
अशोक राई नेतृत्वको जसपाले प्रतिनिधिसभा सांसद प्रदीप यादव स्वास्थ्य तथा जनसंख्या, स्वास्थ्य राज्यमन्त्रीमा हसिना खान र रञ्जु झा ठाकुरलाई बिनाविभागीय मन्त्री बनाउने निर्णय गरेको हो ।
दुवै जनाले आजै शपथ लिने तयारीसमेत रहेको छ । जनता समाजवादी पार्टी, नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवं स्वास्थ्यमन्त्री उपेन्द्र यादवले सोमबार नै राजीनामा दिएका थिए ।
त्यस्तै वन तथा वातावरण राज्यमन्त्री दीपक कार्कीले पनि पदबाट राजीनामा दिएका थिए । त्यस्तै जसपाले मन्त्रीमा रञ्जु झाको नाम पनि प्रधानमन्त्रीलाई दिएको छ ।
तर मन्त्रालय रिक्त नरहेकाले कुनै मन्त्रालय खालि गरेर मात्र उनको टुंगो लाग्ने बताइएको छ । जसपा, नेपाल विभाजनपछि अशोक राई नेतृत्वमा बनेको जसपाबाटै अहिले नवलकिशोर साह सुडी वन तथा वातावरणमन्त्री रहेका छन् ।
Leave a Reply